काठमाण्डौ । बेलायतमा महँगी ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। 

हाल बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत रहेको छ। यो भनेको युरोप र अमेरिकाको तुलनामा अत्याधिक उच्च हो। 

योसँगै बेलायतको खाद्यपदार्थको मूल्य १९.२ प्रतिशतले बढेको छ। यो भनेको बेलायतको इतिहासमा ४५ वर्षयताकै उच्च हो।  

बेलायतमा हाल इन्धनको मूल्य बढ्दा तथा खाद्य संकट र बेरोजगारीको संख्या बढ्दा महँगी तथा मुद्रास्फीति बढेको हो। बेलायतको अर्थतन्त्र धरमराउँदा अहिले बेलायतमा चर्को रोजगारीको अभाव भएको छ। बेलायतको कुल ग्रहस्थ्य उत्पादनमा पनि ०.३ प्रतिशतले गिरावट आएको छ। 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार महँगी बढेसँगै बेलायतमा तलब वृद्धि गरिएको छ। तर, यो महँगीभन्दा कमी नै रहेको त्यहाँस्थित समाचार संस्थाहरुले जनाएका छन्। 

यसैबीच महँगी नियन्त्रण गर्न बेलायतको बंैक अफ इंग्ल्यान्डले आज बिहीबार कोरोनाकालपछि १२ औँ पटक ब्याजदर बढाएको छ। योसँगै त्यहाँ नीतिगत ब्याजदर ४.५ प्रतिशत पुगेको छ। –एजेन्सी