काठमाण्डौ । बेलायतमा सन् २०३० बाट पेट्रोल र डिजेल कार चलाउन रोक लगाउने तयारी भइरहेको छ। 

बेलायत सरकारले यस्तो तयारी गरिरहेको हो। यसका लागि बेलायत सरकारले सन् २०३० पेट्रोल र डिजेल कारको बिक्रीमा प्रबन्ध लगाउने योजना नाएको छ। 

बेलायतमा हाइब्रिड गाडीहरुको बिक्रीमा सन् २०३५ बाट प्रतिबन्ध लगाइने तयारी गरिरहेको छ। 

बेलायतले इलेक्ट्रिक कार इन्डस्ट्रीलाई बढावा दिन यस्तो तयारी गरिरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसका लागि आइपर्ने सम्भावित बाधा–अड्चनबारे बेलायत सरकारले परामर्श गरिरहेको बताइएको छ। –एजेन्सी