काठमाण्डौ । बेष्ट फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ७६.८७ प्रतिशतले कम हो। 

कम्पनीको सञ्चालन मुनाफा ५ करोड ५८ लाख रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २० करोड ९४ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ७३.३४ प्रतिशतले कम रहेको छ। 

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १३ करोड ९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १२ करोड ६६ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको रिजर्भको आकार ५.२८ प्रतिशतले घटेर ५३ करोड २९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ५६ करोड २६ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५९ रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६० रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १९ रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.३० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.२४ प्रतिशत थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.५२ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २०.१७ रुपैयाँ थियो। ईपीएस ७७.५९ प्रतिशतले घटेको छ। 

पीई रेसियो ७८.०३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३९.७१ रुपैयाँ रहेको छ।