काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा न्यून बेस रेट कायम गरेको राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जाका लागि यसअघि तोकेको ब्याजदर अझै घटाउने भएको छ ।
आगामी फागुन १ गतेदेखि सुरु हुने गरी बैंकले सहुलियत कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो ।
दोश्रो त्रैमासमा बेस रेट(आधार दर) घटेसँगै यसलाई कार्यान्वयन गर्न र योअनुसार सबै शाखासम्म सर्कुलर पुग्न समय लाग्ने भएकोले फागुन १ गतेदेखि नयाँ र न्यून ब्याजदरमा सहुलियत कर्जा पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ । यसको अर्थ राष्ट्रिय वाणिज्य बैंकको हालको आधार दर ५.६० प्रतिशत कायम छ । यसमा २ प्रतिशत बिन्दू जोड्दा ब्याज ७.६० प्रतिशत कायम हुन्छ । महिला उद्यमीहरुले लिने ब्याजमा ६ प्रतिशत अनुदान दिइएका कारण उनीहरुले १.६० प्रतिशतमै र अन्यमा ५ प्रतिशत अनुदान भएकोले २.६० प्रतिशत ब्याजमै ऋण पाउनेछन् ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि -२०७५’ अनुसार पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पुरानो रेटअनुसार एकमहिनाअघिदेखि सहुलियत कर्जा उपलब्ध गराउन थालेको थियो ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि गत भदौ २१ गतेको क्याबिनेटबाट स्वीकृत भएको थियो । यसपछि यो कार्यविधि अन्तर्गत रहेर कुनै पनि बैंक तथा बित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा दिने कामको थालनी गरेका थिएनन् । राबा बैंकसँगै अन्य केही बैंकले सहुलियतपूर्ण कर्जाको थालनी गरे पनि अझै धेरै बैंकले यो काम गरेका छैनन् । राष्ट्रबैंकले सहुलियतपूर्ण कर्जा सबै बैंकका सबै शाखाबाट सहज तरिकाले पाउने व्यवस्था गर्न कडा निर्देशन केही दिनअघि जारी गरेको थियो ।
सरकारले राष्ट्रबैंकमार्फत यस्तो कर्जाको कार्यविधि बनाएर प्रत्येक बैंकलाई पठाइसकेकोले त्यसमा तोकिए अनुसारकै न्यून ब्याजमा लक्षित वर्गले ऋण पाउनेछन् ।
यो कार्यविधि अन्तर्गत शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्पपीडितहरुको निजी आवास निर्माण, एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जाहरुमा सरकारले ब्याज अनुदान दिनेछ ।
ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको हुनेछ । तर, व्यवसायको प्रकृति अनुसार कर्जाको अवधि बैंक तथा बित्तीय संस्थाले तोक्न पाउने छुट समेत छ ।
यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाको सीमा प्रति ऋणि ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।
कुन क्षेत्रमा कति ऋण पाइन्छ ?
कुन कर्जामा के धितो राख्ने ?
महिला उद्यमशीलता विकासका लागि प्रदान गरिने कर्जा, सामूहिक जमानीमा प्रदान गरिने १० लाख रुपैयाँसम्मको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा र दलित समुदायलाई प्रदान गरिने कर्जाको सुरक्षण देहाय बमोजिम हुनेछ:
कर्जाका लागि योग्यता र शर्त
यो कार्यविधि अनुसार ऋण लिन स्थायी लेखा नम्बर लिएको र कर्जा सूचना केन्द्रको कालोसूचिमा नपरेको नेपाली नागरिक हुनुपर्नेछ ।
व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जाका शर्त
शिक्षित युवा स्वरोजगार कर्जाका शर्त
वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाका शर्त
महिला उद्यमशीलता कर्जाका शर्त
दलित समुदाय व्यवसाय विकास कर्जाका शर्त
उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका शर्त
भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका शर्त
सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिको पूर्ण विवरण यसप्रकार छ, बाँकी जानकारी यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago