काठमाण्डौ । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ विगाहा जग्गाको नक्कली लालपूर्जा तथा अन्य कागजात बनाएर १९ करोड ऋण कुमारी बैंकबाट लिएको विषयले अहिले नेपालको बैंकिङ क्षेत्र तरङ्गित भएको छ ।
यो घटना बाहिर आउँदै गर्दासम्म गायक अमात्यको जग्गा सुरक्षित रहेको छ भने बैंकले पनि किर्ते कागजातका आधारमा प्रवाह गरेको १९ करोड रकमको रिकभर गरिसकेको छ ।
किर्ते कागजातका आधारमा लोन अप्रूभल भएपछि मात्रै बैंकले यो विषय थाहा पाएको थियो । त्यसपछि बैंकले ऋण लिनेमध्येहरुबाट नयाँ धितो कायम गराई पब्लिकको पैसा सुरक्षित गरेको देखिएको छ । बैंक नेतृत्वले किर्ते कागजात पेश गरी यो सबै काम भयो भनेर थाहा पाएलगत्तै इनिसिएसन लिएर पब्लिकको पैसा सुरक्षित गरेकै कारण उनीहरुको नियत खराब नदेखिएको नेपाल राष्ट्रबैंकका एक अधिकारीले बताए ।
‘बैंकका उच्च अधिकारीहरुलाई यो विषयमा तान्न खोजिएको छ । तर, यो काम गर्दा किर्ते कागजात प्रयोग भएको विषय थाहा पाएलगत्तै बैंकले पब्लिकको पैसा जोगाउने काम गरेको छ । यो सराहनीय पक्ष हो ।’ नेपाल राष्ट्रबैंकका एक कार्यकारी निर्देशकले बिजशालासँग भने–‘घटनाक्रमलाई सरसर्ती हेर्दा बैंकका उच्च तहका कर्मचारीहरुको मिलेमतोमा यो घटना भएको देखिन्न । सीआइबीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा हामीले भन्नु हतारो हुन्छ ।’
उता, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले समेत कुमारी बैंकबाट किर्ते कागजात पेश गरी १९ करोड ऋण लिइएको प्रकरणमा हालसम्म बैंकिङ फ्रडसम्बन्धी कुनै पनि तथ्य फेला नपरिसकेको प्रष्ट पारेको छ । सीआइबीका डिएसपी सुकदेव खनालले बिजशालासँग कुरा गर्दै सरकारी कागजात किर्ते गरी बैंकलाई ठगी गरिएको विषयमा अनुसन्धान केन्द्रीत गरिएको प्रष्ट पारे । ‘अहिलेसम्म प्राप्त तथ्याङ्कहरुले यो प्रकरण बैंकिङ फ्रडसँग सम्बन्धित छ जस्तो लाग्दैन । अनुसन्धान जारी छ, फ्रडसँग सम्बन्धित तथ्यहरु सिनमा आए पनि त्यसतर्फ पनि हामी अनुसन्धान गर्नेछौं ।’ उनले भने ।
उनले हुँदै नभएको वा फेला नै नपरेको तथ्यको विषयमा बोल्न उपयुक्त नहुने तर्क गर्दै थपे–‘हाम्रो सम्पूर्ण अनुसन्धान किर्तेमा फोकस छ । हालसम्म बैंकिङ फ्रडसँग सम्बन्धित तथ्य भेटिएको छैन ।’
के भन्छ बैंक ?
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनाले ऋण लिंदा प्रयोग भएको किर्ते कागजातको विषयमा थाहा भएलगत्तै बैंकको पैसा जोगाउने काममा आफूहरु केन्द्रीत भएको प्रष्ट्याए ।
‘योगेश्वर जीको जग्गा पनि सुरक्षित छ र हाम्रो बैंकको पैसा पनि ।’ उनले भने–‘मालपोतको किर्ते कागजात बनाएर घटाइएको यो प्रकरणमा बैंकको खराब नियत छैन । अनुसन्धान भइरहेको छ, हाम्रो दोष प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छौं ।’
आफूहरुले लोन प्रवाह गर्दा हेर्नुपर्ने सबै पक्ष हेरेर, लोन लिन खोज्नेको ड्यू डेलिजेन्स लगायतका एनलिसिस गरेरै लोन अप्रूभ गरेको उल्लेख गर्दै पब्लिकको पैसा सुरक्षित रहेको समेत प्रष्ट पारे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago