काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै दैनिकजसो कर्जा निक्षेप अनुपात(सीडी रेसियो) समेत घटिरहेको छ ।
चालु आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साताको सुरुवातमा सरकारी खर्च समेत बढ्न थालेपछि र बैंकहरुले सीडी अनुपात मिलाउने कसरत समेत तीव्र पारेसँगै त्यसको प्रभाव वित्तीय सूचकहरुमा देखिन थालेको हो ।
मंगलबार बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जसमध्ये १३ अर्ब रुपैयाँ वाणिज्य बैंकमा निक्षेप थपिएको छ भने अन्य वित्तीय संस्थामा १ अर्ब थप भएको छ ।
सोमबार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । मंगलबार एकैदिन १४ अर्ब थपिएसँगै प्रणालीमा निक्षेपको कुल आकार बढेर ५० खर्ब ४७ अर्ब पुगेको छ ।
मंगलबार अघिल्लो दिनको तुलनामा बैंकहरुको कर्जा लगानी स्थिर देखिएको छ भने वाणिज्य बैंकको कर्जा लगानी भने १ अर्बले बढेको छ।
निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको मंगलबारसम्मको सीडी रेसियो पनि ८८.३५ प्रतिशतमा सीमित बन्न पुगेको छ । सोमबारसम्मको सीडी रेसियो ८८.५८ प्रतिशत थियो । त्यसको अघिल्लो दिन ८८.६३ प्रतिशतमा थियो ।
मंगलबार बैंकहरुको अन्तर बैंक ब्याजदर(बैंक दर) केही बढेको छ । सोमबार ६.९९ प्रतिशत रहेको बैंक दर बढेर ७.०१ प्रतिशत पुगेको हो । सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19