काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको कर्जा र निक्षेपतर्फको असन्तुलित ग्रोथलाई कायमै राखेका पाइएको छ ।
नेपाल राष्टबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनासम्मको समीक्षा रिपोर्टमा बैंकहरुको असन्तुलित ग्रोथ प्रष्टिएको हो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ८.३ प्रतिशतले, विकास बैंकहरुको ११.२ प्रतिशतले र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ।
२०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १३.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा ३.१ प्रतिशतले बढेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19