काठमाण्डौ । फागुनमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाएर पनि निक्षेप संकलनमा खासै सुधार देखिएको छैन। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १६ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा फागुन ८ गतेसम्म घटेर ४८ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा फागुन ८ गतेसम्म घटेर ४३ खर्ब ९ अर्ब रुपैयाँमा सीमित बनेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ६ गते कुल कर्जा लगानी ४६ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा फागुन ८ गतेसम्म घटेर ४६ खर्ब ८३ अर्ब रुपैयाँमा झरेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने स्थिर देखिएको छ। गत फागुन ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ६ गते पनि वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ नै रहेको थियो। 

निक्षेप घटेसँगै बैंकहरुको औसत सीडी रेसियो बढेर फागुन ८ गतेसम्म ९०.३४ प्रतिशत पुगेको छ। गत फागुन ६ गतेसम्म औसत सीडी रेसियो ९०.०८ प्रतिशत थियो। 

बैंकहरुको अन्तरबैंक ब्याजदर ६.९३ प्रतिशत पुगेको छ।