काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ३० अर्ब रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ। गत असोज २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।
यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ३१ अर्ब रुपैयाँले घटेको छ। गत असोज २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा असोज २५ गतेसम्म घटेर ४४ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले घटेको छ। योसँगै असोज २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४७ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरुको कर्जा लगानी पनि असोज २५ गते २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ८३ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो।
निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो पनि बढेर असोज २५ गते ८७.८१ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ८७.२० प्रतिशतमा सीमित थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19