काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा केही संयमित देखिएका छन् ।
तेश्रो त्रैमासको अन्तिम महिना(चैत)मा विकास निर्माणले केही गति लिने र यसले सरकारी खर्च समेत बढ्ने भई सो रकम निक्षेपको रुपमा बैंकमा आउने क्रम बढेको हो । राष्ट्रबैंकका अनुसार सरकारको विकास खर्च बढेपछि ढुकुटीमा थुप्रिएको सरकारी पैसा बिस्तारै च्यानलमा आउन थालेको हो ।
अघिल्ला महिनाहरुमा निक्षेपतर्फ थोरै मात्र वृद्धि गर्ने बैंकहरुले कर्जा बिस्तारमा भने आक्रामक मूभ लिने गरेका थिए । तर, चैत लागेपछिको अवस्था केही सन्तुलित देखिएको छ । पछिल्लो सातामा २१ अर्ब रुपैयाँले बैंकहरुको निक्षेप बढेको छ । चैत महिनाभर मात्रै ३२ अर्बले निक्षेपमा सुधार भएको राष्ट्रबैंकले जनाएको छ ।
पछिल्लो साता निक्षेप २१ अर्बले बढेपछि यो महिना २८ वाणिज्य बैंकहरुमा कुल निक्षेप २७ खर्ब ७ अर्बको उचाईमा पुगेको छ ।
निक्षेप संकलनमा आक्रामक देखिएका बैंकहरुको कर्जा बिस्तारको गति भने केही सुस्त देखिएको छ । २१ अर्बले निक्षेप बढेको साता बैंकले कर्जा विस्तार भने ६ अर्बले मात्र बढाएका छन् । यस्तै, महिनाभर ३२ अर्बले निक्षेप बढे पनि १५ अर्बले मात्र कर्जा बिस्तार बढेको छ ।
पछिल्लो साता निक्षेप र कर्जातर्फ बैंकहरुको मुभ सन्तुलित देखिए पनि चालु आर्थिक वर्षको चैत महिनासम्म बैंकहरुले २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब २ अर्बरुपैयाँ बराबरको ऋण बिस्तार गरेका देखिएको छ । हालसम्मको अवस्थामा निक्षेप र कर्जाबीचको असन्तुलित बिस्तारमा केही सुधार देखिएको मात्र हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago