काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालक पुुरस्कार तथा सम्मान ग्रहणको नाममा विदेश जाने र जथाभावी खर्च गर्ने क्रम बढेर गएपछि राष्ट्रबैंकले कडा कदम चालेको छ । 

केन्द्रीय बैंकले मंगलबार क, ख, ग र घ वर्गका बैंक तथा बित्तीय संस्थाहरुलाई कडा निर्देशन जारी गर्दै जथाभावी पुरस्कार तथा सम्मान ग्रहण नगर्न र विदेश भ्रमणको क्रममा फजुल खर्च नगर्न भनेको हो । 

पछिल्लो समय नेपालका बैंक तथा बित्तीय संस्थाहरुले बैधानिकता समेत नपाएका कतिपय विदेशी कम्पनीहरुलाई पैसा खुवाएर सम्मान तथा पुरस्कार ग्रहण गर्ने र त्यसको नाममा प्रमुख कार्यकारी अधिकृतदेखि संचालकले समेत जनताको पैसा दुरुपयोग गर्दै विदेश जाने र मोटो रकम भत्ताको रुपमा लिने र मोजमस्तीमा उडाउन थालेपछि राष्ट्रबैंकले यस्तो विकृतिलाई नियन्त्रण गर्न कडा कदम चालेको एक अधिकारीले बताएका छन् । 

राष्ट्रबैंकले मंगलबार निर्देशन दिंदै आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा बित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्न रोक लगाएको छ । कुनै पनि बैधानिक विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्नुपर्दा समेत केन्द्रीय बैंकको स्वीकृतिलाई अनिवार्य गरिएको छ । यस्तै, बैधानिकता प्राप्त संस्थाले दिने पुरस्कार र सम्मान ग्रहणका लागि विदेश भ्रमण गर्ने बैंकका पदाधिकारीको भ्रमण खर्च समेत मितव्ययी हुनुपर्ने नियम राष्टबैंकले लागूू गरेको छ । 

पुरस्कार र सम्मान ग्रहण तथा विदेश भ्रमणको बिषयमा राष्ट्रबैंकले जारी गरेको निर्देशनका बुँदा यस्ता छन्:

यस्तै, विभिन्न कामका लागि विदेश भ्रमणमा जाने बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतहरुले गर्ने मनपरी खर्चलाई समेत राष्ट्रबैंकले निर्देशनमार्फत नियन्त्रण गर्ने देखिएको छ । केन्द्रीय बैंकले यस्तो विदेश भ्रमणको व्यवस्थालाई थप व्यवस्थित गर्न २०७४ चैत मसान्तसम्म कार्यविधि बनाई लागूू गर्नुपर्ने निर्देशन जारी गरेको छ । कार्यविधिमा अनिवार्य रुपमा संलग्न गर्नुपर्ने व्यवस्था भन्दै राष्ट्रबैंकले ३ वटा बुँदा समेत प्रस्तुत गरेको छ । बुँदाहरु यस्ता छन्: