काठमाण्डौ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनामा लागू हुने ब्याजदर आज फागुन ३० गते सार्वजनिक गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले फागुनमा लागू गरिएकै ब्याजदरलाई चैतमा निरन्तरता दिएका छन्। उनीहरुले चैतमा ब्याजदर स्थिर राखेका हुन्।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को गत शुक्रबार साँझ बसेको बैठकमा चैतमा ब्याजदर नबढाउने सहमति भएको थियो। सोहीअनुसार वाणिज्य बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। जसअनुसार वाणिज्य बैंकहरुको चैतमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज कायम हुनेछ। बचत खातामा न्यूनतम ५.०५ प्रतिशत ब्याजदर हुनेछ।
यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुले चैतमा ब्याजदर स्थिर राखेका छन्। अर्थात् उनीहरुले पनि फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
राष्ट्रियस्तरका विकास बैंकहरुले चैतमा पनि व्यक्तिगत मुद्दतिमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। क्षेत्रीयस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दतिमा अधिकतम ११.६५ प्रतिशत र संस्थागतमा अधिकतम १०.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यस्तै फाइनान्सहरुले फागुनमा कायम गरिएको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा अधिकतम १०.७१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
फागुनमा बैंक तथा वित्तीय संस्थाहरुले बढाएका थिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19