काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनाका लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। 

वैशाखमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन्। चैतकै ब्याजदरलाई वैशाखमा निरन्तरता दिइएको छ। 

गत आइतबार वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को पूर्ण बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको थियो। यो निर्णयसँगै वाणिज्य बैंकहरुको वैशाखका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशतर संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम गरेका छन्। 

यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुले वैशाखमा ब्याजदर स्थिर राखेका छन्। अर्थात् उनीहरुले पनि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। 

राष्ट्रियस्तरका विकास बैंकहरुले वैशाखमा पनि व्यक्तिगत मुद्दतिमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। क्षेत्रीयस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दतिमा अधिकतम ११.६५ प्रतिशत र संस्थागतमा अधिकतम १०.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्। 

त्यस्तै फाइनान्सहरुले चैतमा कायम गरिएको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा अधिकतम १०.७१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। 

यसअघि चैतमा पनि बैंक तथा वित्तीयहरुले ब्याजदर बढाएका थिएनन्। उनीहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका थिए। 

गत फागुनमा भने बैंक तथा वित्तीयहरुले ब्याजदर बढाएका थिए।