काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलबाट हुने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी पुस ११ गते  अपरान्ह २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति भने पुस २५ गतेसम्म छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने पनि केन्द्रीय बैंकले बताएको छ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ।