काठमाण्डौ । लकडाउनका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् ।
यो समयमा न्यूनतम बैंकिङ सेवा लिँदा सर्वसाधारणहरुलाई सकस भइरहेको गुनासो बढ्न थालेपछि राष्ट्रबैंकले त्यस्ता गुनासा सुन्ने र सर्वसाधारणको समस्या समाधानका लागि सहजीकरण गर्ने अधिकारीहरु तोक्दै एक सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
बैंकले सामान्य बैंकिङ, विप्रेषण कारोबार तथा डिजिटल कारोबारका लागि छुट्टा छुट्टै अधिकारी तोकेर कुनै समय भए जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।
राष्ट्रबैंकका अनुसार बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्ने लगायत बैंकिङ कारोबार सम्बन्धी सबै विषयहरुमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई सम्पर्क गर्न सकिनेछ ।
यस्तै, विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतितपत्र तथा विदेशी विनिमय कारोबार सम्बन्धी सम्पूर्ण विषयहरुको सम्बन्धमा विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई सर्वसाधारणले सम्पर्क गर्न सक्नेछन् ।
यसैगरी, मोवाइल तथा इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबार सम्बन्धमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सकिने केन्द्रीयले बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19