 
                     
                                
                             
                                    काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।
पुस २५ गते वाणिज्य बैंकहरुको निक्षेप भने ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८ अर्ब रुपैयाँ रहेको थियो।
पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुबाट थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। यो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरुले भने पुस २५ गते थप ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत पुस २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७ अर्ब रुपैयाँ रहेकोमा पुस २५ गतेसम्म बढेर ४१ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।
बैंकहरुको औसत सीडी रेसियो पनि पुस २५ गते सामान्य बढेर ८९.३७ प्रतिशत पुगेको छ। पुस २३ गतेसम्म औसत सीडी रेसियो ८९.२९ प्रतिशत रहेको थियो।
अन्तर बैंक ब्याजदर पनि ३.२४ प्रतिशत बढेर ४.१६ प्रतिशत पुगेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19