 
                     
                                
                             
                                    काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २७ गते एकैदिन बैंकिङ प्रणालीमा ८ अर्ब निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २६ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो।
फागुन २७ मा मात्रै वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। गत फागुन २६ गते कुल निक्षेप ४३ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
फागुन २७ मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी स्थिर रहँदै ४६ खर्ब ९३ अर्ब रुपैयाँ नै रहेको छ। गत फागुन २६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि स्थिर रहँदै फागुन २७ मा ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ। गत फागुन २६ गते पनि कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै थियो।
फागुन २७ मा बैंकहरुको औसत सीडी रेसियोमा सामान्य सुधार भएर ९०.४७ प्रतिशत कायम भएको छ। गत फागुन २६ सम्म बैंकहरुको औसत सीडी रेसियो ९०.५४ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत कायम भएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19