काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हिजो वैशाख १२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १६ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख ११ गतेसम्म कुल निक्षेप ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।
हिजो एकैदिन वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ। गत वैशाख ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६६ अर्ब रुपैयाँ रहेकोमा वैशाख १२ गते घटेर ४३ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ।
यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरु थप २ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। गत वैशाख ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा वैशाख १२ गते बढेर ४७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।
हिजोमात्रै वाणिज्य बैंकहरुबाट थप एक अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। योसँगै वैशाख १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख ११ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो।
निक्षेप ह्वात्तै घट्दा वैशाख १२ गते बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो बढेर ९०.९२ प्रतिशत पुगेको छ। वैशाख ११ गतेसम्म औसत सीडी रेसियो ९०.६१ प्रतिशत रहेको थियो।
अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19