काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ९ गते एकैदिन बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो।
यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। साउन ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा ९ गतेसम्म घटेर ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ।
यसैगरी साउन ९ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर छ। साउन ८ गते पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ नै थियो। साउन ९ गते पनि कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ नै रहेको छ।
साउन ९ गते बैंकहरुको औसत सीडी रेसियो थोरै बढेर ८७.७१ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ८७.६२ प्रतिशतमा सीमित थियो।
साउन ९ मा अन्तरबैंक ब्याजदर भने बढेर ८.४९ प्रतिशत रहेको छ। अघिल्लो अन्तरबैंक ब्याजदर ८.४५ प्रतिशत थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago