काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप बढेको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ३१ गते बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। साउन ३० गतेसम्म कुल निक्षेप ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो।

यो एक दिनमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। गत साउन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा साउन ३१ गतेसम्म बढेर ४४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी साउन ३१ गते बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। यो कुल कर्जा लगानी ४७ खर्ब पुगेको छ। गत साउन ३० गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि साउन ३१ गते ३ अर्ब रुपैयाँले बढेको छ। गत साउन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा साउन ३१ गते बढेर ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। 

साउन ३१ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो सामान्य सुधार हुँदै ८८.०७ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८८.२७ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ।