काठमाण्डौ । बैंकिङ प्रणालीको अधिक तरलतामा सुधार आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘अहिले बैंकहरुको अधिक तरलतामा सुुधार आएको देखिन्छ’, उनले भने, ‘शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा झन्डै ३६ अर्ब रुपैयाँ अधिक तरलता छ।’
केही समयअघि यस्तो तरलता डेढ अर्ब रुपैयाँमा झरेको थियो। तर, पछिल्लो समय आर्थिक गतिविधि बढ्दा बैंक तथा वित्तीय संस्थाहरु केही सहज अवस्थामा रहेको देखिन्छ।
शनिबार भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। भदौ ८ गतेसम्म कुल निक्षेप ५० खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा निक्षेप २ अर्ब रुपैयाँले बढेको छ।
भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४७ खर्ब ५ अर्ब पुगेको छ। गत भदौ ८ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19