काठमाण्डौ । बैंकिङ प्रणालीमा १२ अर्ब ४७ करोड अधिक तरलता रहेको छ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा १२ अर्ब ४७ करोड रुपैयाँ अधिक तरलता रहेको हो। ‘आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ४१ अर्ब ९४ करोड रुपैयाँ रहेको छ’, पोखरेलले भने। अघिल्लो दिन शनिबारसम्म कुल निक्षेप ५० खर्ब ४१ अर्ब रुपैयाँ थियो।
पोखरेलका अनुुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। शनिबारसम्म उक्त कर्जा ४७ खर्ब १६ अर्ब रुपैयाँ थियो।
गत शुक्रबारसम्म बैंकहरुको औसत सीडी रेसियो ८.१ प्रतिशत रहेकोमा शनिबारसम्म बढेर ८८.२३ प्रतिशत पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19