काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २९ गतेसम्म कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो ३ दिनको अवधिमा निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने यो अवधिमा १ अर्ब रुपैयाँले घटेको छ। गत भदौ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज १ गतेसम्म घटेर ४७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ।
असोज १ गतेसम्म बैंकिङ प्रणालीमा अधिक तरलता १६ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19