काठमाण्डौ । आर्थिक वर्षको अन्तमा सरकारको विकास खर्च बढेसँगै बैंकहरुको निक्षेप सातामै १७ अर्ब रुपैयाँले बढेको छ ।
असार २० गतेसम्ममा बैंकहरुको निक्षेप ३४ अर्बले बढेको छ भने पछिल्लो एक सातामा मात्रै १७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।
बैंकहरुमा असार २० गतेसम्मकोकुल निक्षेप २७ खर्ब ९३ अर्ब पुगेको छ ।
निक्षेपमा असार २० गतेसम्म ३४ अर्बले वृद्धि गरेका बैंकहरुले यही अवधिमा ऋणतर्फ भने ८ अर्बको मात्र वृद्धि गरेका छन् । पछिल्लो एकसाता बैंकहरुले ऋण बिस्तार भने ५ अर्बले बढाएका छन् ।
बैंकहरुले असार २० गतेसम्म बिस्तार गरेको ऋणको आकार २४ खर्ब ७६ अर्बको भएको छ ।
बैंकहरुमा तरलता पर्याप्त हुँदा अन्तर बैंक सापटी ३ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
असार २० गतेसम्म बैंकिङ ५२ अर्ब २२ करोड अधिक तरलता रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago