काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४१ अर्ब रुपैयाँ थपिएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३१ गते एकैदिन निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५१ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो। 

यो दिन वाणिज्य बैंकहरुको मात्रै निक्षेप २९ अर्ब रुपैयाँले बढेको छ। गत असोज ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा असोज ३१ गते बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो।

गत असोज ३१ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ३५ अर्ब रुपैयाँले बढेको छ। गत असोज ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा असोज ३१ गतेसम्म बढेर ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको हो। 

असोज ३१ गते एकैदिन वाणिज्य बैंकहरुबाट ३२ अर्ब रुपैयाँ कर्जा लगानी भनेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ थियो। 

निक्षेपमा सुधार आएसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो असोज ३१ गते ८६.९१ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ८६.९७ प्रतिशत थियो।