काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ थपिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो। गत मंसिर २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा मंसिर २७ गतेसम्म बढेर ५२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।
यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर ४६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । गत मंसिर २६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब रुपैयाँ थियो।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ। योसँगै मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी घटेर ४७ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ थियो।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने मंसिर २७ गते २ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब १४ अर्ब रुपैयाँ थियो।
निक्षेप बढेसँगै मंसिर २७ गते बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो घटेर ८६.१५ प्रतिशतमा झरेको छ। मंसिर २६ गते औसत सीडी रेसियो ८६.३१ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर भने मंसिर २७ गते बढेर ६.९७ प्रतिशत पुगेको छ। गत मंसिर २६ गतेसम्म यस्तो ब्याजदर ६.८६ प्रतिशत थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19