काठमाण्डौ । बैंकिङ प्रणाली लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ। 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले तरलता सहज बन्दै गएको संकेत गरेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. ३ खब ७० अर्ब ७८ करोडले बढेको छ। जुन ७.३ प्रतिशतले बढी हो। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२ खब ३१ अर्ब ३२ करोडले बढेको थियो। जुन ५ प्रतिशतले बढी थियो। 

वार्षिक विन्दुगत आधारमा वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ६०.० प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको थियो।

वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१ खब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. ५ खर्ब ४८ अर्ब १४ करोड (१३.४ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरुको१.१ प्रतिशतले बढेको छ।