काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप पनि असार २४ गते १९ अर्ब रुपैयाँले बढेको छ। गत असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्म बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। 

बैंकहरुको कर्जा लगानी भने स्थिर देखिएको छ। गत असार २३ र २४ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ र वाणिज्य बैंकहरुको मात्रै ४३ खर्ब १ अर्ब रुपैयाँ रहेको छ। 

असार २४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८२.०३ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८२.३१ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजर १.३६ प्रतिशतमा झरेको छ। अघिल्लो दिन असार २३ गते अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत थियो।