काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १९.८३ प्रतिशतले बढाउन सफल भएको छ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५९ करोड ८२ लाख रुपैयाँ रहेको छ।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
बैंकले ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार भने ०.३३ प्रतिशतले घटेको छ। गत वर्ष ४ अर्ब ५२ करोड रुपैयाँ रहेको रिजर्भमा घटेर ४ अर्ब ५१ करोड रुपैयाँमा झरेको छ।
बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशतले घटेको छ। गत वर्ष २.०८ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.५४ प्रतिशतमा झरेको छ।
बैंकको कस्ट अफ फन्ड पनि घटेर ७.३६ प्रतिशतमा झरेको छ। गत वर्ष कस्ट अफ फन्ड ७.९१ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ। गत वर्ष यो दर १०.६० प्रतिशत थियो।
वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.६८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने ११.१२ गुणा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19