काठमाण्डौ । चिनीयाँ प्रहरीले बैंक अफ चाइना(बीओसी) का पूर्व अध्यक्ष लिउ लियान्जलाई पक्राउ गरेको छ।

घूस लिएको र गैरकानूनी रुपमा ऋण प्रवाह गरेको आरोपमा ६२ वर्षीय लिउलाई पक्राउ गरिएको हो।सन् २०१९ देखि २०२३ सम्म राज्यको स्वामित्वमा रहेको बैंकका अध्यक्ष लिउ लियान्जेले यसै वर्षको मार्चमा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

त्यसको केही सातापछि चिनियाँ अधिकारीहरुले उनीमाथि भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको बताएको थियो। राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत हालसम्म कयौं बैंकरहरु पक्राउ परिसकेका छन्। 

लिउलाई केही साताअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीबाट निलम्बन गरिएको थियो।

उनलाई ६० ट्रिलियन डलर आर्थिक अनियमितता गरेको आरोप छ ।जसअन्तर्गत गैरकानूनी रूपमा ऋण दिने, प्रतिबन्धित प्रकाशनहरू देशमा ल्याउने र बैंकमा आफ्नो पद प्रयोग गरी घूस लिन र निजी क्लबहरू र स्की रिसोर्टहरूमा निमन्त्रणा जस्ता अन्य सुविधाहरू स्वीकार गर्ने आरोपहरू समावेश छन्। उनी सन् २०१९ मा बैंक अफ चाइनाको अध्यक्षमा बढुवा भएका थिए ।-एजेन्सी