काठमाण्डौ । बैंक अफ काठमाण्डूले शुक्रबारदेखि भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ । 

बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर यो सुविधा संचालन गरेको हो । 

भाइबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइलबाटै आफ्नो खाता र अरु बैंकिङ्ग सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरिएको छ ।

रजिष्टर्ड भाइबर बैंकिङ्ग सेवा लिनका लागि ग्राहकको मोबाईल नम्बर यस बैंकको बीओके स्मार्ट बैंकिङ्ग सेवामा दर्ता गरिएको हुनुपर्नेछ । भाइबर बैंकिङ्ग सेवामार्फत आफ्नो खातामा रहेको रकम, स्टेटमेन्ट, एकाउन्ट जानकारी लगायत विनिमय दर, बैंकिङ्ग समय, शाखा र एटिएम स्थानलगायत अरु जानकारी लिन सकिन्छ ।