काठमाण्डौ । रिलायवल लाइफ इन्स्योरेन्स लिमीटेड र जनता बैंक नेपालबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । 

कात्तिक २१ गते भएको सम्झौतामा बैंकको तर्फबाट सीइओ पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले व्यक्ति सुहाँउदा विभिन्न किसिमको नयाँ–नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिका लागि इन्स्योरेन्सले जनता बैंक नेपाल लिमिटेडले बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा सञ्जाल प्रयोग गरी देशको कुना कुनामा बीमाको पहुचँ बिस्तार गर्ने आशा लिएको छ । 

इन्स्योरेन्सले हालसम्म विभिन्न ७ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । जस मध्ये “रिलायबल धनपति बीमा योजना” सर्बत्र चासोको बिषय बन्न पुगेको छ । यो योजना मार्फत सानो–सानो बचतबाट बीमित करोडपति बन्न सक्नेछन् ।

यसअघि इन्स्योरेन्सले मन्जुश्री फाइनान्ससँग बैंकान्स्योरेन्स सम्झौता गरेको थियो, जसमा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले तथा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले हस्ताक्षर गरेका थिए । 

यस्तै, इन्स्योरेन्सले सबैको लघुवित्त बित्तीय संस्था लिमिटेड संग पनि यस्तै सम्झौता गरेको थियो जसमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोहनी तथा लघुबित्तको तर्पmबाट  प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले हस्ताक्षर गरेका थिए ।