काठमाण्डौ । नेपाल राष्ट्रबैंक वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका संचालकहरुको शैक्षिक योग्यतामा केही लचक बनेको छ ।
नेपाल राष्ट्रबैंकले यसअघि जारी गरेको ‘बैंक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४’ को शैक्षिक योग्यता सम्बन्धी एउटा बुँदालाई संसोधन गर्दै संचालकका लागि आवश्यक शैक्षिक योग्यतामा केही खुकुलो नीतिसहित प्रस्तुत भएको हो ।
सो विनियम ३ को खण्ड(ख)को उपखण्ड(इ)मा व्यवस्थापन, बैकिङ, बित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र,गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन र कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेकोले संचालक बन्न पाउने व्यवस्था गरिएको थियो ।
तर, केन्द्रीय बैंकले सोमबार अबेर एक निर्देशन जारी गर्दै स्नातकोत्तरको ठाउँमा स्नातकसम्मको उपाधि हासिल गरेकाले समेत संचालक बन्न पाउने व्यवस्था लागू गर्दै उपखण्ड(इ)मा संसोधन गरिएको जानकारी दिएको हो ।
यसबाहेक विदेशी वा स्वदेशी बैंक तथा बित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेकोले संचालक बन्न पाउने पुरानो व्यवस्था यथावत राखिएको छ ।
यस्तै, स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा बित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेकोले वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीको संचालक बन्न पाउने अर्को व्यवस्था समेत कायमै राखिएको छ ।
राष्ट्रबैंकको संसोधित व्यवस्थाबाट अधिकांश बैंक तथा बित्तीय संस्थामा संचालकको रुपमा काम गरिरहेका, तर स्नातकोत्तरसम्मको अध्ययन नहुँदा पद छाड्नुपर्ने बाध्यतामा पुगेका, पद नछाडेर छौतर्फी आलोचना र सकस भोगिरहेकाहरुले ठूलो राहात पाएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19