काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकले सेयर लगानीमा कडाई गरेको छ ।
एकीकृत निर्देशनमा संसोधनसहितको सर्कुलर जारी गर्दै राष्ट्रबैंकले यस्तो व्यवस्था गरेको हो ।
नयाँ सर्कुलरमार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा डिवेञ्चरमा अल्पकालीन लगानी गर्न रोक लगाएको छ ।
केन्द्रीय बैंकले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’-सर्कुलरमा भनिएको छ ।
यस्तै, बैंकहरुले गरेको लगानी बिक्रीमा पनि नयाँ व्यवस्था गरिएको छ । अब खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने व्यवस्था ल्याइएको हो । तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।
यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पनि बन्देज गरिएको छ।
'विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।' सर्कुलरमा भनिएको छ-'यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्नेछ ।'
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19