काठमाण्डौ । सेयर बजारका लगानीकर्ता आफूले लगानी गरेको कम्पनीले दिन लाभांश तथा बोनसको ब्यग्र प्रतिक्षामा हुन्छन् । बैंक तथा बित्तीय संस्था र विभिन्न कम्पनीका काम गर्ने कर्मचारीहरु समेत बोनसका लागि मरिहत्ते गर्छन । देशमै कतिपय यस्ता कम्पनी छन्, जसले आफ्ना कर्मचारीहरुलाई तलबभन्दा राम्रो बोनस नै दिन्छन् । तर, अर्कोतर्फ कतिपय कम्पनीका कर्मचारी चाहि यस्ता छन्, जसले कम्पनीले दिने बोनस नै लिन भूलिदिन्छन् । 

काठमाण्डौको बालुवाटारमा मुख्य कार्यालय रहेको स्वालम्बन लघुवित्त बिकास बैंक लिमीटेडका केही कर्मचारी यति हुस्सुु रहेछन् कि जसले वर्षौदेखिको बोनस नै संकलन नगरेका पाइएको छ । 

यो बैंकले शनिवार एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०५९/६० देखि २०७२/७३ सम्म गरी ११ वटा आर्थिक वर्षको बोनस नलग्ने कर्मचारीहरुलाई ३० दिनभित्र बोनस संकलन गर्न भनेको छ । यी ११ वटा आबको कुल ११ लाख ५९ हजार ६ सय ४१ रुपैयाँ १८ पैसा बोनस कर्मचारी नलगेका पाइएको छ। 

यो माइक्रोफाइनान्सका कर्मचारीहरुले आर्थिक वर्ष २०७०/७१ मा सबैभन्दा बढी ५ लाख ५१ हजार ३ सय २६ रुपैयाँ नलगेका पाइएको छ । यस्तै, सबैभन्दा थोरै आब २०६५/६६ मा १७ सय ६८ रुपैयाँ बोनस लगेका छैनन् । 

कर्मचारीले कुन आर्थिक वर्षमा कति बोनस लगेनछन्, यो सूचि हेरौं: