काठमाण्डौ । सेयर बजार आज बिहीबार २३.५२ अंकले ओरालो लागेको छ। अघिल्लो दिन बुधबार पनि बजारमा करिब ४० अंकको गिरावट आएको थियो। पछिल्लोपटकको उच्च विन्दु १९९० बाट बजार करिब १०० अंकले घटिसकेको छ।
बजारले आज दैनिक चार्टमा बोलिंगर ब्यान्डको मध्य विन्दुमा दिनभर सपोर्ट लिएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
म्याक्डीमा गत अक्टोबर ९ मा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्रामहरु सकारात्मक नै छन् तर छोटा–छोटा बन्दै गएका छन्।
एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएका छन्। यसले दैनिक चार्टमा बियरिस क्रसओभर हुँदै गरेको बुझिन्छ।
आरएसआई हाल ६२ को जोनबाट खसेर ४७ को न्युट्रल जोनमा रहेको छ। आवरली चार्टमा भने सुपर ट्रेन्डले सेल सिग्नल दिएको छ।
यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई माथिबाट काट्छ भने त्यस्तो अवस्थामा बिक्री सिग्नल तथा तलबाट काट्छ भने खरिद सिग्नल मिलेको बुझिन्छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago