काठमाण्डौ । अघिल्लो साता १६२ अंकले बढेको बजार यो साताको पहिलो करोबार दिन आइतबार १७ अंकले उकालो लागेको छ। 

आज बजारमा दिनभर उतारचढाव देखियो। बजार करिब यसअघिको प्रतिरोध विन्दु २०९० मा प्रतिरोध सामना गरेर २०४६ को विन्दुमा बन्द भएको छ।

प्राविधिक रुपमा बोलिंगर ब्यान्डको दैनिक चार्टमार्फत हेर्दा आज बजारले अप्पर ब्यान्डमा छोएर सुटिङ स्टार बनाएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ। 

म्याक्डीमार्फत हेर्दा भने गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ। हिस्टोग्रामहरु पनि पोजिटिभ नै छन्। 

दैनिक चार्टमै आरएसआईमार्फत बजारलाई हेर्दा ओभर बट जोन ७१ को तहमा पुगेको देखिन्छ। यसअघि बजार ७३ को तहबाट बजार ओरालो लागेको थियो। 

अबको सपोर्ट कति–कतिमा ?

यदि बजारमा करेक्सन आएमा कतिसम्म तल आउन सक्छ भनेर एउटा अनुमान लगाउने एकमात्र टुल्स भनेको फिवोनासी रिट्रेस्मेन्ट हो। यसअघिको आधार विन्दु १८५० देखि आजको उच्च विन्दु २०८५ सम्म फिवोनासी तानेर हेर्दा आगामी दिनमा यदि घटेमा बजार ०.२३ प्रतिशतको सपोर्टमा २०३० सम्म, ०.३८ प्रतिशतको सपोर्टमा २००० सम्म, ०.५ प्रतिशतको सपोर्टमा १९६० सम्म र ०.६१ प्रतिशतको सपोर्टमा १९३८ सम्म आउन सक्छ। बढेमा बजारले क्रमशः २०९०, २१२१ र २३८० को विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारबाहीका लागि सिफारिस भने होइन।