काठमाण्डौ । मंगलबार ठूलो अंकले बढेको बजारमा आज बुधबार सामान्य अंकको करेक्सन भएको छ। दुई दिनको कारोबारमा झन्डै १०० अंकले बढेपछि बजारमा आज नाफा बुक देखिएको देखिन्छ।
प्राविधिक रुपमा गएको करोबारमा बुलिस मारुबुजु क्यान्डल बनाएको बजारले आज सुटिङ स्टार बनाएको छ। यसले आज बजारमा बिक्री दबाब परेको देखिन्छ।
नेप्सेको दैनिक चार्टमार्फत हेर्दा आज बोलिंगरको मध्य ब्यन्डमा सपोर्ट लिएको छ (हेर्नुहोस् कालो एरो)। योसँगै अप्पर ब्यान्ड र लोवर ब्यान्ड पनि खुम्चिएको छ। यसले बजारले दिशा परिवर्तन हुँदै गएको बुझिन्छ।
म्याक्डीमार्फत हेर्दा बजारले गत २६ डिसेम्बरमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम नेगेटिभ रहे पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन्।
आरएसआईमा भने हाल ६१ को तहमा रहेको छ। यसले बजार बुलिस नै रहेको बुझिन्छ।
पिभट प्वइन्टमार्फत हेर्दा यो साताको पिभट प्वइन्ट २१२५ मा रहेको छ। बजार हाल पिभट प्वइन्टभन्दा माथि २१७० मा बन्द भएको देखिन्छ। यसले पनि बजार मजबुत नै रहेको संकेत गर्छ।
आगमी दिनमा बजार बढेमा प्रतिरोधहरु क्रमशः २१६१, २२२८ र २२६४ रहेका छन् भने घटेमा सपोर्ट विन्दुहरु क्रमशः २०५८, १९५६ र १८९० रहेका छन्।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago