काठमाण्डौ । आज दिनभर बजार सामान्य उतारचढाव भएको छ। कारोबारको मध्य समयमा करिब १५ अंकले बढेको बजारमा अन्तिम समयमा ३ अंकको गिरावट आएको छ। 

आजको बजारलाई प्राविधिक रुपमा हेर्दा बजारले बोलिंगरको मध्य ब्यान्ड अर्थात २०३२ मा प्रतिरोध सामना गरेको छ। यदि आगामी कारोबारमा २०४४ भन्दा माथि टिकेर कारोबार भएको खण्डमा माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।

आवरली चार्टमा म्याक्डीमार्फत हेर्दा बजार अघिल्लो साता बनेको ब्ुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक नै छन् तर लामा–लामा भने हुन सकेको अवस्था भने छैन। 

आरएआईमार्फत हेर्दा भने बजारमा केही सकारात्मक आशा गर्न सकिने अवस्था रहेको देखिन्छ। आरएसआईले हायर हाई र हायर लोको सिरिज बनाउँदै गरेको देखिन्छ। यसले बजार विस्तारै माथि नै जान थालेको बुझिन्छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजार सकारात्मक नै हुँदै गरेको तर प्रतिरोध सामना गरेको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।