काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार  भएको छ। कारोबारको अन्त्यमा करिब २० अंकले बजार घटेर बन्द भएको छ। 

प्राविधिक रुपमा पनि आज बजारले १८० को सपोर्टको विन्दुबाट तल झरेको छ। क्यान्डल स्टिकमार्फत हेर्दा पनि आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। 

बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज मूल्यरेखाले मध्य ब्यान्ड छोडेर तल झरेको छ (हेर्नुहोस् हरियो एरो)। यसले पनि घट्दो बजारलाई संकेत गर्छ। 

डेली बेसमै म्याक्डीमार्फत हेर्दा आज बजारमा बियरिस क्रसओभर हुँदै गरेको देखिन्छ। तर, भइसकेको अवस्था भने होइन। यदि आगामी कारोबारमा पनि बजारमा गिरावट आएमा भने म्याक्डीमा पनि बियरिस क्रसओभर हुन सक्छ।  

डेली बेसमै आरएसआईमार्फत हेर्दा भने बजार अझै ४१ को तहमा देखिन्छ। 

बजारलाई पिभटमार्फत सपोर्टका विन्दुहरु हेर्दा आज बजारले करिब १८८३ को पहिलो सपोर्ट भत्काएको छ। अबको दोस्रो सपोर्ट भनेको १८६० मा रहेको छ। यदि त्यहाँबाट पनि बजार तल झर्छ भने तेस्रो सपोर्ट भनेको १८३१ को विन्दुमा रहेको छ। यो भनेको बोलिंगरको लोवर ब्यान्डको विन्दु पनि पर्न जान्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै करोबारका लागि सिफारिस भने होइन।