काठमाण्डौ । आज बजार दिनभर नै बढेर कारोबार भएको छ। बिहान सुरुआती समयमा करिब २५ अंक बढेको बजार अन्तिम समयमा करिब ६ अंकमात्रै बढेर बन्द भएको छ। आज बजार करिब १९०३ सम्म पुगेको थियो तर दिनभरको कारोबारमा टिक्न सकेन।
बजारलाई कारोबारमार्फत हेर्दा केही दिनदेखि डेढ अर्ब रुपैयाँ आसपासको कारोबार भएको छ। कारोबारको हिसाबले बजारमा बिस्तारै रौनक आउन लागेको बुझिन्छ।
प्राविधिक हिसाबले हेर्दा आज बजार बोलिंगरको मध्य ब्यान्डमाथि सुटिङ स्टार बनेको छ। अर्थात् बजारमा केही नाफा बुक हुँदै गरेको देखिन्छ।
बोलिंगर ब्यान्डमार्फत नै बजारलाई हेर्दा मध्य ब्यान्ड अर्थात् १८६० मा रहेको देखिन्छ। जसलाई बलियो सपोर्टका रुपमा लिन सकिन्छ।
यदि आगामी कारोबारमा १८६० भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजारले अप ट्रेन्ड लिँदै गरेको बुझ्न सकिन्छ। हालको बजार बढेमा १९१३ मा बलियो प्रतिरोध सामना पनि गर्न सक्छ।
बजारलाई म्याक्डीमार्फत हेर्दा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा नै हुँदै गएका छन्।
बजारलाई आरएसआईमार्फत हेर्दा हाल ५३ को न्युट्रल जोनमा रहेको देखिन्छ। तर, अघिल्लो पटकको उच्च विन्दुलाई ब्रेक गर्न सकेको देखिँदैन।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत बजारलाई हेर्दा बोलिंगरको अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी क्रमशः साँघुरिँदै गएको छ। यसले बजारमा रिभर्सल हुँदै गरेको बुझन सकिन्छ। तर, आज सानो सुटिङ स्टार बनेका कारण बजारमा अझै केही समय नाफा बुक चल्न सक्ने देखिन्छ।
बजार १८६० भन्दा माथि टिक्न सक्छ भने अप ट्रेन्डको सम्भावना जीवित नै रहन्छ। अन्यथा बजारमा करेक्सन नसकिएको बुझ्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19