काठमाण्डौ । सेयर बजारमा आज दिनभर तीव्र उतार–चढाव देखिएको छ। आज इन्ट्राडेमा ५२ अंकको उतार–चढाव देखिए पनि अन्तिम समयमा बजार १६ अंक बढीले बढेर बन्द भएको छ। कारोबार पनि आज गत जनवरीपछिकै उच्च ५ अर्ब रुपैयाँ माथिको भएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा सुटिङ स्टार बनेको छ (हेर्नुहोस् हरियो एरो)। यो भनेको बजारमा नाफा बुक भएको भन्ने हो। तर बुलिस बजारमा सुटिङ स्टार इन्भ्यालिड बन्न पनि सक्छ। यसअघि यस्तै भएको थियो। (हेर्नुहोस् कालो एरो)

यदि आगामी दिनमा बुधबारको उच्च विन्दु २०६८ भन्दा माथि कारोबार भएमा बजारमा अप ट्रेन्ड र २०१५ भन्दा तल तल कारोबार भएको खण्डमा भने केही करेक्सन आउन सक्छ। 

बजारलाई म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। 

डेली बेसमा बजार आरएसआई करिब ओभर बट जोन ७० मा पुगेको थियो। विगतमा यस्तो विन्दु ८५ को तहमा पुगेपछि करेक्सन आएको थियो। 

बजारलाई इचिमोकुमार्फत हेर्दा बुलिस नै देखिन्छ। डेली बेसमा डाउ थेउरीमा पनि हायर हाई बनाएको छ।  आगामी कारोबारममा करेक्सन हुन्छ भने हायर लो बन्न सक्छ। यो भनेको ‘पर्ख र हेर’को अवस्थामा बसेकाहरुका लागि बजार इन्ट्रीको अवसर पनि हुन सक्छ। 

कारोबार तथा भोलुमको हिसाबले क्रमिक रुपमा बढेको छ। यो भनेको बजार बुलिस बन्दै गरेको भन्ने हो। 

पिभटमार्फत हेर्दा आज बजारले पिभट प्वइन्टको तेस्रो विन्दु २०६० आसपासमा प्रतिरोधको सामना गरेको छ। यदि आगामी दिनमा पनि बढ्छ भने बजारले २१०९ मा अर्को प्रतिरोध सामना गर्नेछ। 

यदि आगामी कारोबारमा घट्छ भने बजारले क्रमशः २००४, १९७० र १९२० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।