काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै निरन्तर बढ्यो। कारोबारको मध्य समयमा केही बिक्री दबाब परे पनि बजार अन्तिममा २८ अंकले बढेर बन्द भएको छ। 

बजारलाई कारोबार तथा भोलुमबाट हेर्दा आजसम्म लगातार ३ दिन ३ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज बजारले डेली बेसमा बोलिंगरको मध्य ब्यान्डमा मर्निङ स्टार बनाएको छ (हेर्नुहोस् हरियो एरो)। यसअघि पनि केही करेक्सनपछि मध्य ब्यान्डमा नै सपोर्ट लिएर मर्निङ स्टार बनेपछि बजार अप ट्रेन्ड लिएको थियो। (हेर्नुहोस्  कालो एरो) 

बोलिंगर ब्यान्डको अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी पनि क्रमशः घट्दै गएको छ। यसले बजार अप ट्रेन्ड लिँदै गरेको बुझिन्छ। 

बजारलाई डेली बेसमा म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। तर, बजारलाई आवरली बेसमा हेर्ने हो भने आजको कारोबारको तेस्रो र चौथो आवरमा करिब २ सातापछि बुलिस क्रसओभर बनेको छ। 

आवरली बेसमै आरएसआईबाट हेर्दा बजार ओभर सोल्ड जोन नजिक ३३ को विन्दुबाट बढेर आज ४९ को न्युोट्रल जोनमा बन्द भएको छ। डेली बेसमा पनि आरएसआई ‘डब्ल्यू’ आकार बनाएर माथिको यात्रा तय गरेको देखिन्छ। 

पिभटमार्फत नियाल्दा बजारले क्रमशः २१८, २२०७ र २२५५ मा प्रतिरोध सामना गर्न सक्छ। घटेमा भने बजारले क्रमशः २०४०, २००१ र १९६० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।