काठमाण्डौ । कारोबारको पहिलो प्रहरमा आज सेयर बजार २१०० माथि पुगेको थियो। तर, पहिलो प्रहरमा बढेको बजार अन्तिममा भने टिक्न नसकी झिनो अंकले मात्रै घटेर बन्द भएको छ। 

बजारलाई भोलुममार्फत हेर्दा एभरेज भोलुमभन्दा माथि नै आएको देखिन्छ। 

आजको बजारलाई प्राविधिक रुपमा हेर्दा बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। तर, बजारले आज मध्य ब्यान्डमा इन्भर्टेड ह्याम्मर बनाएको छ। यसले केही बिक्री दबाब रहेको बुझिन्छ। 

म्याक्डीमार्फत आजको बजारलाई हेर्दा केही दिन पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। आज हिस्टोग्राम नेगेटिभ र फिक्का बनेको छ। 

आरएसआईमार्फत हेर्दा आज बजार ओभर बट जोन ७८ बाट खसेर ५६ को तहमा आएको छ। बजारलाई  इचिमोकु र सुपर ट्रेन्डमार्फत हेर्दा बुलिस नै रहेको छ। 

समग्रमा इन्डिकेटरहरुमार्फत हेर्दा बजार मजबुत नै रहेको छ। 

प्राइस एक्सनमार्फत नियाल्दा पनि बजार २०४२ माथि–माथि रहुन्जेल मजबुत नै मान्न सकिन्छ। अगामी कारोबारमा यदि २१०० भन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले अप ट्रेन्ड नै लिँदै गरेको मान्न सकिन्छ। 

होटेल सेक्टरमा नाफा बुक हुँदा आज २१०० भन्दा माथि पुगेको बजार पुनः तल झरेको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।