काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै सकारात्मक रहेको थियो। कारोबारको अन्तिममा बजार आज करिब १० अंकले बढेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज बजारले बोलिंगरको अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएको छ। यसले आज बजार बढे पनि नाफा बुक भएको देखिन्छ।
भोलुमबाट हेर्दा भने आज अघिल्लो कारोबारको तुलनामा बढेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा आज बजार करिब–करिब बुलिस क्रसओभर हुँदै गरेको देखिन्छ। तर, भइसकेको अवस्था भने होइन।
आरएसआई बढ्दो गतिमा ६५ को तहमा रहेको छ।
बजारलाई वान आवरको टाइम फेरमबाट हेर्दा आज कारोबारको तेस्रो र चौथो प्रहरमा अप्पर ब्यान्डलाई छोएर करेक्सन आएको देखिन्छ। अर्थात् बजारले अप्पर ब्यान्ड छोडेको देखिन्छ।
आवरलीमा आरएसआई ६६ को तहबाट केही झुकेको देखिन्छ।
मनी फ्लो इन्डेक्सबाट हेर्दा भने बजारमा खासै सुधार भएको देखिँदैन। बजार बढ्दै जाँदा मनी फलो इन्डेक्स घट्दै गएको देखिन्छ। बजारमा बियरिस डाइभर्जेन्स बन्दै गरेको हुन सक्ने देखिन्छ।
पिभटमार्फत हेर्दा आज बजारले २१६० आसपासमा दोस्रो प्रतिरोधको सामना गरेको छ। त्यहाँबाट माथि जान्छ भने बजारले २२०० आसपासमा अर्को प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19