काठमाण्डौ । सेयर बजार आज पहिलो प्रहरमा सामान्य अंकले बढेको थियो। तर, अन्तिममा बजार २६ अंकले घटेर बन्द भएको छ। योसँगै लगातार ५ दिन बजार घटेको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
डेली बेसमा बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा बजारले मध्य ब्यान्डबाट तल खसेको छ। यसले बजारमा तीव्र बिक्री दबाब रहेको बुझिन्छ।
घटेको बजारमा आज कारोबार बढेको छ। यसले खासै राम्रो संकेत गर्दैन।
म्याक्डीमार्फत आजको बजारलाई हेर्दा अघिल्लो साता बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।
डेली बेसमै आरएसआईमार्फत हेर्दा बजार ४९ को न्युट्रल जोनमा रहेको छ। मनी फ्लो इन्डेक्सबाट हेर्दा पनि बजार घट्दो क्रममा रहेको देखिन्छ।
पिभटमार्फत हेर्दा आज २१०० को विन्दुमा बन्द भएको बजारको नजिकको पहिलो सपोर्ट २०८५ को विन्दुमा रहेको देखिन्छ। त्यहाँबाट पनि बजार खस्छ भने दोस्रो सपोर्ट २०४५ र २००० मा लिन सक्छ।
यदि बढ्छ भने बजारले पिभट प्वइन्ट २१६४, २२०५ र २२८४ मा क्रमशः प्रतिरोध सामना गर्न सक्छ।
सुपर ट्रेन्डबाट हेर्दा भने बजार अझै मजबुत नै रहेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19