काठमाण्डौ । सेयर बजार आज दिनभर नै दबाबमा रह्यो। आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घटेको छ। 

प्रविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा तल्लो ब्यान्डमा डोजी स्टार बनेको छ। सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ। यस्तो अवस्थामा रातो लामो मैनबत्तीका साथ डोजी देखा पर्छ। यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत गर्छ। 

त्यसविपरीत यदि बजारमा हरियो मैनबत्तीका साथ डोजी देखा परेमा घट्दो बजारलाई संकेत गर्छ। आजको बजारमा रातो मैनबत्तीपछि डोजी आकार बनेको छ। यसले बजारमा विस्तारै आपूर्ति हराएर माग बढ्दै गरेको बुझिन्छ। 

आज बनेको बुलिस डोजी भ्यालिड नै हुन भने बजारमा आगामी करोबारमा बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ। बजारलाई म्याक्डी तथा आरएसआई, मनी फ्लो इन्डेक्सबाट हेर्दा भने अहिले नै कुनै सुधारको अवस्था देखिँदैन। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।