काठमाण्डौ । कारोबारको सुरुमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिममा करिब २८ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार तथा भोलुम पनि घटेको छ।
आज बजार घट्दा बोलिंगरको तल्लो ब्यान्डमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले अघिल्लो कारोबारमा बनेको बुलिस डोजी क्यान्डललाई इन्भ्यालिड बनाएको छ।
डेली बेसमा बजारलाई हेर्दा आज अघिल्लोपटकको न्यून विन्दु २०३५ भन्दा पनि तल बन्द भएको छ। यसले बजार नयाँ लोवर लो बनाउँदै गरेको देखिन्छ।
म्याक्डीमार्फत नै बजारलाई हेर्दा गत २६ जुलाईमा बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।
आरएसआईमार्फत हेर्दा बजार ७५ को ओभरबट जोनबाट खसेको बजार आज ३७ को तहमा आएको छ। बियरिस बजारमा यस्तो सूचक ओभरसोल्ड जोन ३० भन्दा तल आउन सक्छ। मनी फ्लो इन्डेक्स ३९ को तहमा रहेको छ।
पिभटमार्फत हेर्दा आज बजार दोस्रो सपोर्ट २०१९ मा बन्द भएको छ। यदि बजार त्यहाँबाट पनि तल झर्छ भने अबको तेस्रो सपोर्ट १९७८ मा रहेको छ।
बढेमा भने बजारले क्रमशः २०५५, २०९६ र २०३१ मा प्रतिरोधको सामना गर्न सक्छ।
आज बजार घट्दा अन्तिम समयमा कारोबार पनि बढेकोले बजारमा तीव्र बिक्री दबाब रहेको देखिन्छ। आज ४ घन्टाको कारोबारमा पहिलो ३ घन्टामा प्रतिघन्टा ३० करोड रुपैयाँ हाराहारीमा कारोबार भएको थियो। तर, अन्तिमको १ घन्टामा करिब ८५ करोड रुपैयाँ कारोबार भएको छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19