काठमाण्डौ । अघिल्लोपटक गत १ अगस्टमा बोलिंगर ब्यान्डको माथिल्लो विन्दुलाई छोएर तल झरेको बजारले आजको कारोबारसँगै दोस्रोपटक मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यस्तो प्रतिरोध बजारले गत १५  सेप्टेम्बरमा पहिलोपटक सामना गरेको थियो। (हेर्नुहोस् पहिलो रातो एरो)

यसले प्राविधिक रुपमा बजार माथि जान खोजेको तर प्रतिरोध सामना गरेको बुझिन्छ। यदि आगामी कारोबारमा मूल्यरेखाहरुले मध्य ब्यान्डलाई छोडेर तलतिरको यात्रा तय गरेमा बजारमा केही करेक्सन हुन सक्ने देखिन्छ। तर, यसविपरीत हरियो क्यान्डलसहित मध्य ब्यान्ड ब्रेक गरेमा बजारको उकालो यात्राको सम्भवना पनि जीवितै रहनेछ।  

हिजो बनेको म्याक्डीको बुलिस क्रसओभर आजसम्म भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै छन्। ( हेर्नुहोस् हरियो एरो)

बजारको आरएआईले यसपटक पनि ४७ कै न्युट्रल जोनमा प्रतिरोध गरेको देखिएको छ भने आरएसआईमा बनेको डब्ल्यू पनि भ्यालिड नै रहेको देखिन्छ। यो हिसाबले बजारको आगामी यात्रा अब केही करेक्सन हुँदै बोलिंगरको अप्पर ब्यान्डतर्फ नै केही समय चल्न सक्ने देखिन्छ।