काठमाण्डौ । नेप्सेको आवरली चार्टमा बजारले केही दिनदेखि प्रतिरोध सामना गरिरहेको देखिन्छ।

गत २१ अगस्टमा बोलिंगरको अप्पर ब्यान्डमा प्रतिरोध सामना गरेको बजार तल्लो ब्यान्डतर्फ पनि जान सकेको छैन भने माथिल्लो ब्यान्डतर्फ पनि बजार जान सकेको देखिँदैन। बजारले अप्पर ब्यान्ड २०८८ मा प्रतिरोध सामान गरेपछि त्यहाँभन्दा माथि जान सकेको देखिँदैन। नजिकको तल्लो विन्दु २०३५ भन्दा तल जान पनि नसकेको बजार हाल साइडवेजमा चलिरहेको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा १५ अगस्टमा बुलिस क्रसओभर बनेको बजार हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम छोटा–छोटा भएको बजारमा बियारिय क्रसओभर पनि हुन सकेको छैन (हेर्नुहोस् कालो एरो)। तर, लामो समय साइडवेज गएमा बजारमा बिक्रीचाप पनि पर्न सक्ने देखिन्छ। 

आवरली बेसमै आरएसआई ४७ कै न्युट्रल जोनमा चलेको छ। यसले पनि बजारको दिशा प्रस्ट गर्न सकेको छैन। 

अबको बजारको यात्रा यदि बजार २०३५ भन्दा तल गएमा केही अंक बजारले गुमाउन सक्छ भने २०८८ भन्दा माथि गएमा अप ट्रेन्ड लिन पनि सक्छ।